लण्डन । माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ (ईयू) र बेलायतले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्। डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, “हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ ।”
जोनसनले समग्र युरोपका लागि एउटा राम्रो सम्झौता भएको उल्लेख गरेका छन्। युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिएको एक वर्षपछि बेलायत आगामी बिहीवार यसका व्यापार नीतिबाट अलग हुनेछ।
सम्झौताको अर्थ
यसको अर्थ व्यापार मामिलामा ठूलो परिवर्तन हो। बेलायत र ईयू अब दुई छुट्टाछुट्टै बजार हुनेछन् र एकअर्कामा स्वतन्त्र आवागमनको अन्त्य हुनेछ। कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायतका समस्या झेलिरहेका थुप्रै ब्रिटिश व्यापारका लागि व्यापार सम्झौता एउटा महत्त्वपूर्ण राहत हुनेछ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोनसनले भने, “हामीले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सबैभन्दा ठूलो सम्झौता गरेका छौँ। सम्झौताले हाम्रा कम्पनीहरूलाई हाम्रा युरोपेली साथीहरूसँग अझ बढी व्यापार गर्न दिनेछ।” बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया