नेपालमा २ लाख ४७ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८०८ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ९६ हजार २५० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?