काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
बिहीवार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिव १ घण्टा ढिला गरी शुरु भएको हो ।
यसअघि नेकपाका अध्यक्ष पुष्कमल दाहाल र माधवकुरमा नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो ।
बबरमहलस्थित कार्की ब्यांकेटमा शुरु भएको बैठकमा नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाइनेबारे छलफल हुने बताइएको छ ।
त्यस्तै आज नै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले समेत बैठक आह्वान गरेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेसँगै विवाद चुलिएको नेकपाको दुई समूह(ओली र प्रचण्ड(नेपाल) समूहको छुट्टा छुट्टै बैठकहरु बसिरहेका छन् ।
यो पनि
केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न प्रचण्ड(नेपाल समूहको स्थायी समिति बैठक जारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया