काठमाडौं । प्रचण्ड-माधव नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसेको छ ।
आज बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेण्ड तय गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको बैठक बसेको हो ।
आज (बिहीवार) प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । तर अहिले बबरमहलस्थित कार्की ब्यांकेटमा उक्त समूहको बैठक बसेको हो ।
आजको केन्द्रीय कमिटी बैठकमा नेकपा नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी भएको बताइएको छ ।
त्यस्तै आज नै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको नेकपाले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया