ललितपुर । ललितपुर महानगरपालिका-२ धोबीघाट चोकमा ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् ।
बा.८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई-बुझाई गर्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया