काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१८ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ११८ जना महिला र २०० जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लामा मात्रै ३ हजार २१३ सक्रिय केस रहेका छन् भने ९१ हजार ७९० जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४५६ जनाको मृत्यु भएको छ भने ९५ हजार ४५९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा २३४ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ३८९ जना निको भएका छन् । त्यस्तै हालसम्म ९८ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ७२१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा ५२९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै १४ हजार २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १४३ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १४ हजार ९२५ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या १ हजार ८ सय ३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ५२ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ रहेका छन् ।
त्यस्तै हाल ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण भएको छ । भने हाल ४०९ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया