३ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानहरुमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, बर्जु गाउँपालिका-३ फारम चोक नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलवार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बाँके, कोहलपुर नगरपालिका-६ बुद्धचोक डेरा गरी बस्ने कैलाली जानकी गाउँपालिका-४ घर भएका ४१ वर्षीय अर्जुन न्यौपाने आफ्नै डेरा कोठामा सुतिरहेको अवस्थामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाँके, नरैनापुर गाउँपालिका-१ लक्ष्मणपुरस्थित जंगलमा भारत श्रवस्ती बस्ने २५ वर्षीया राविया पठानिनको शव मंगलवार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव सनाखतको लागि अस्पताल पठाइएको र घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?