काठमाडौं । संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाविरुद्ध परेका १३ वटा रिट मध्ये १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो ।
अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने छ । नेकपामा आन्तरिक विवाद बढेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनोमानी’ रुपमा संसद विघटन गरेपछि सांसद र कानुन व्यवसायीहरुले रिट दर्ता गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया