काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्ष समूहका सांसदहरु भोलि सोमवार संसद भवनमा भेला हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिएका उनीहरु थप कदम चाल्न भोलि दिउँसो २ बजे भेला हुन लागेका हुन् । भेलापछि प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्यहरु बैठक बस्ने भएका छन् । आज आइतवार दिउँसो बसेको उनीहरुको वैठकले प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसंगै राजनीतिक माहोल तातिएको छ। प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले राजीनामा दिइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया