ओली प्रचण्डको भेटपछि नेता भिम रावलको व्यङ्ग्यात्मक ट्वीट, ‘…अब त चुप लाग्छन् कि !’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा व्यङ्ग्यात्मक ट्वीट गरेका छन् ।

आज (शनिबार) बिहान नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच खुमलटारमा भेट भएको प्रसंगलाई लिएर उनले ट्वीटरमा भनेका छन्,‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ?

उनले नेताबीच कुराकानी हुनु र सहमति खोज्न राम्रो भएको बताए। उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी थिए।

‘उनले भनेका छन् : ” नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।” पछिल्लो समय नेकपामा अध्यादेशको विषयलाई लिएर विवाद चुलिँदै गएको छ। विगत ६ महिनादेखि चिस्सिएको नेकपाका नेताहरुको सम्बन्धमा अध्यादेशले झनै झट्का दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?