नजिकीयो क्रिसमस : फेसबुक म्यासेन्जरबाटै बालबालिकाले सान्टासँग च्याट गर्न पाउने

काठमाडौं – क्रिसमस नजिकीँदो छ । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम घटेको छैन । बरु संक्रमित र मृतक बढीरहेका छन् । यसैबीच नजिकीँदो क्रिसमसलाई मध्येनजर गर्दै यस पटक म्यासेन्जरले बालबालिकाहरुलाई सान्टासँग भर्चुअल रुपमा जोड्दैछ । फेसबुकले यो क्रिसमसका लागि आफ्नो म्यासेन्जर किड्समा सान्टासँग च्याट गर्ने फिचर ल्याएको छ । तर सान्टाको भूमिकामा भने बालबालिकाका अभिभावकले नै उनीहरुसँग च्याट गर्नुपर्ने फेसबुकले बताएको छ ।
कसरी प्रयोग गर्ने ?
आफ्नो म्यासेन्जर एपमा गएर आफ्नो बच्चाको प्रोफाइलमा ट्याप गर्नुहोस् ।
अब म्यासेन्जर किड्स कन्ट्रोल ट्याप गरी त्यसभित्र रहेको कन्ट्रोल्समा थिच्नुहोस् ।
अब सान्टा एक्सपिरियन्स ट्याप गरी एड सान्टामा क्लिक गर्नुहोस् ।
यो प्रक्रिया पुरा गरिसकेपछि अभिभावकले आफ्ना बच्चाले सान्टालाई म्यासेज गर्दा नोटिफिकेसन पाउन सक्छन् । बच्चाको अकाउन्ट बनाउने व्यक्तिसँग सान्टालाई आफ्नो कन्ट्याक्टमा एड गरी सान्टाले जसरी म्यासेज गर्न मिल्ने अप्सन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?