काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज खुमलटारमा भेटवार्ता भएको छ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
बैठकमा आधा घण्टापछि वामदेव गौतम पनि सहभागी भएका थिए। दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानमा केन्द्रीत रहेर कुराकानी भएको छ।
यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो। सो भेटमा प्रचण्डले ओलीलाई खुमलटार डाकेका थिए । पछिल्लो ६ महिनादेखि पार्टीको विवाद निकै झाँगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया