नेपालमा २ लाख ४१ हजार बढीले जिते कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७६५ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ६१ हजार ४३० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?