कोरोनाका कारण १ हजार ७४९ जनाले गुमाए ज्यान, देशभर कति भयो परीक्षण ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७४९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९४७ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ५५ हजार ७२४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?