काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावको माहोल अझै सकिसकेको छैन । इलेक्टोरल कलेज अर्थात् राष्ट्रपति चुनावको महत्वपूर्ण पाटो आज हुँदैछ । जसलाई भनिन्छ, विनर टेक अल सिस्टम ।
केहि एक्सपर्टले भने यसलाई अमेरिकी राष्ट्रपति चुनावको कालो भाग पनि भन्ने गर्दछन् ।
सर्वोच्च अदालतले पनि २०१८ मा यसमाथि हाँस्यास्पद टिप्पणी गरेको थियो । तर अमेरिकाका ५० मध्येका ४८ राज्यले यो परम्परा स्विकार्दै आएका छन् ।
२०१६ मा मतदातमहरुले हिलारी क्लिन्टनलाई जिताएका थिए । तर राष्ट्रपति बने डोनाल्ड ट्रम्प । अर्थान् विनर टेक अल सिस्टमको कारणले ।
२०१६ मा हिलारी क्लिन्टनलाई ४८.२ प्रतिशत र ट्रम्पलाई ४६.१ प्रतिशत पपुलर भोट मिलेको थियो । तर इलेक्टोरल कलेजमा जाँदा ट्रम्पले बाजी मारे ।
ठूला राज्यमा ट्रम्पले नै बाजी मारेका थिए । विनर टेक अल सिस्टमबाट ट्रम्पले घण्द्ध र हिलारीले २२७ भोट पाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया