अन्तरिक्षमा पहिलो पटक मुला फलाइयो, २०२१ मा धर्तीमा ल्याइने !

काठमाडौं । विज्ञानले अहिले जे कुरा पनि गर्न सम्भव जस्तै बनाएको छ । हरेक असम्भव कार्यलाई विज्ञानले सम्भव बनाउँदै गएको छ ।

यसैबीच अन्तरिक्षमा वैज्ञानिकले पहिलो पटक मुला फलाएका छन् । यो मुला अब २०२१ मा पृथ्वीमा ल्याइने बताइएको छ ।

NASA astronauts harvest radish crop International Space Station Photo | Nasa News – India TV

नासाकी अन्तरिक्ष यात्री र फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेस स्टेशनमा फलाइएको मुला काटेका छन् ।

केटले २० वटा मुला काटेर प्याक गरेका छन् । यो मुलाको नाम हेबिटेट ०२ राखिएको छ । त्यहाँ २७ दिनमा मुला तयार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?