पाकिस्तानले हिन्दू र ईसाई महिलालाई जबरजस्ती चिनियाँ बजारमा लगेको छ : अमेरिका

काठमाडौं । धार्मिक स्वतन्त्रताको लागि आवाज उठाउँदै आएका अमेरिकी कूटनीतिज्ञ शमूएल ब्राउनब्याकले पाकिस्तानले चीनमा हिन्दू र ईसाई महिलालाई सहायक पत्नीको रूपमा जबजस्ती चीनको बजारमा लगेको खुलासा गरेका छन ।

ब्राउनब्याकले पत्रकारहरुसङ्ग कुराकानी गर्दै भने, “चिनियाँ पुरुषहरुका लागि सहायक पत्नीको एक स्रोत पाकिस्तानका धार्मिक अल्पसंख्यक ईसाई र हिन्दू महिला हुन् । उनीहरुलाई उपपत्नीको रुपमा बजारमा ल्याइन्छ र चीनमा दुलहीको रुपमा जबरजस्ती पुर्याइन्छ।”

उनले पाकिस्तानमा धार्मिक अल्पसंख्यकको विरूद्ध चरम भेदभाव रहेको पनि दावी गरेका छन्। ब्राउनब्याकले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत पाकिस्तानलाई अमेरिकामा विशेष चिन्ताको (सीपीसी) देशको रुपमा सुचीवद्ध गरिएको कारणहरु मध्ये एक कारण यो रहेको प्रष्ट पारे।

उनले पाकिस्तानका कारागारमा जीवन बिताईरहेका आधा कैदीहरू धर्मत्याग वा ईश्वरनिन्दाको आरोपमा कैद गरिएको समेत आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?