परराष्ट्र मन्त्रीले खुलाए सगरमाथा मापनमा चीनसँग सहकार्य गर्नुपरेको कारण

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उत्तरतर्फ चीन रहेकोले सगरमाथाको उचाई मापनको काम नेपाल र चीनका प्राविधिकहरुले संयुक्त रुपमा गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सगरमाथाको उचाई सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले चिनियाँ प्राविधिक टोलीसँग सहकार्य गरेर सर्वस्वीकार्य रुपमा सगरमाथाको उचाई सार्वजनिक गरिएको बताए ।

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुवै देशका लागि संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

८६ सेन्टिमिटरको वृद्धिपश्चात् अहिले सगरमाथाको उचाइ ८८४८.८६ मि पुगेको ज्ञवालीले बताए ।

कार्यक्रममा बोल्दै ज्ञवालीले सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गर्ने भनेर अघिल्लो वर्ष सहमति भएको बताए ।

‘यस्तो महत्वपूर्ण समारोहमा सहभागी हुन पाउँदा अत्यन्तै खुशी र सम्मानित महशुस गरेको छु,’ ज्ञवाली अगाडि थप्छन्, ‘यो दुवै देशका लागि विशेष समारोह हो ।’

साथै उनले सम्बन्धित मापन टोलीहरुले महिनौं लामो सर्वे तथा मापन प्रक्रिया पूरा गरेर र प्राविधिक समूहले उपलब्ध तथ्याङ्कलाई संयुक्त रुपमा प्रशोधन गरी निकालेको सगरमाथाको नयाँ उचाइमा दुवै राष्ट्रले सहमति जनाइसकेको पनि बताए । यसो भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश पढेका थिए ।

सन्देश पढिसकेपछि उनले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका थिए । सगरमाथाको उचाइ अहिले ८८४८.८६ मि पुगेको छ । अबदेखि यही उचाइलाई आधिकारिक मानिने छ । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ ८८४८ मिटर मापन गरेको थियो जसलाई हामी अहिलेसम्म आधिकारिक मान्दै आएका थियौं ।

नेपालले आफै सगरमाथाको उचाइ मापन गरेको यो इतिहासमै पहिलो पटक हो । उत्तरका हिमालहरु नेपाल चीन मित्रताका प्रतिक रहेकाले पनि संयुक्त रुपमा मापन गरिएको मन्त्री ज्ञवालीको भनाई छ ।

सगरमाथाको उचाइ सार्वजनिकरण समारोह  : राष्ट्रपति भण्डारीले के पठाएकी थिइन् सन्देश  ?  

बढ्यो सर्वोच्च शिखर सगरमाथाको उचाइ, यसरी कठिनाईसँग जुध्दै नापेको थियो नेपाली टोलीले (हालसम्मको विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?