युरोपेली मुलुक साईप्रस एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खरे घर भएकी २३ वर्षीय शुक्री तमाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली सघं साईप्रसले जनाएको छ ।
आइतबार आत्महत्या गरेकी मृतक तमाङ २०१९ को अक्टोबरमा घरेलु कामदारको रुपमा साइप्रस पुगेकी थिइन् । उनी पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । शवलाई नेपाल ल्याउन तयारी भइरहेको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया