काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । गिरीलाई एक अनुयायीमाथि बलात्कार गरेको आरोप रहेको छ ।
बलात्कारको आरोप लागेसँगै पक्राउ परेका उनलाई सोमवार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो।
गिरी सुनसरीको चतरामा आश्रम बनाएर बसेका थिए । उनलाई एक अनुयायी महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।
बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएको स्रोतले जनाएको छ ।
साथै यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया