काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता आफ्ताब आलमका भाइ मोहम्मद महताब आलमलाई नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ परेका छन् ।
रौतहट बम काण्डमा मुछिएका ५५ वर्षीय महताबलाई १३ वर्षपछि प्रहरीले सोमवार पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले नेपाल( भारत सिमानाकामा पर्ने रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ स्थित बडकी बंगुल एरियाबाट आलम पक्राउ परेका हुन् ।
त्यस्तै उक्त घटनाका मुख्य योजनाकार सांसद आफ्ताव (उनका दाई) उक्त घटनाको पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।
प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।
पहिलो संविधान सभाको निर्वाचनको समयमा आलमले वम विस्फोट गराएका थिए । आफ्नै काका शेख इन्द्र्र्र्रिसको घरमा भएको बम विस्फोटका क्रममा घाइते भएका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई उनको समूहले ईट्टा भट्टामा ज्यूँदै जलाएको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया