काठमाडौं – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठकको अपमान गरेका छन् । उनले स्थायी समिति बैठकमा पार्टीको समस्या छलफलको औचित्य नभएको भन्दै अपमान गरेका हुन् ।
उनले आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने पनि बताएका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा पार्टी भित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए ।
नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफू दुवै पद नछोड्ने र स्थायी समितिको पनि काम नभएको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया