प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै प्राप्त गर्न सकिने

संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङको निर्देशनपछि सूचना विभागबाट जारी गरिने प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण गर्नेसम्वन्धी सबै कार्य खुला गरिएको छ ।

साथै, मन्त्री गुरुङले सम्वन्धित जिल्ला हुलाक कार्यालयहरुबाट नै पत्रकारहरुले प्रेस—प्रतिनिधि प्रमाणपत्रको आवेदन गर्न सक्ने छन् । यस्तै तयार भै आएको प्रमाणपत्र लिन सकिने र नवीकरणको व्यवस्था पनि जिल्ला हुलाकबाट नै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रीका सञ्चार सल्लाहकार राजेन्द्र मानन्धरले जानकारी दिए ।

तत्कालै गरिने उक्त व्यवस्थाले लामो समय पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचय पत्र लिन नसकेका, अपाङ्गता आदि कारणले सूचना विभागसम्मको पहुँच नभएका पत्रकारहरुलाई सहजै जिल्लाबाट नै सेवा उपलब्ध हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?