यस्तो छ काठमाडौं उपत्यकामा कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । काठमाडौं उपत्यकामा बुधवार ७२३ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये ३२५ जना महिला र ३९८ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा मात्रै ६ हजार ६५० सक्रिय केस रहेका छन् भने ८१ हजार ७९५ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ३८८ जनाको मृत्यु भएको छ भने ८८ हजार ८३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भक्तपुरमा ५७५ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७ हजार ३८५ जना निको भएका छन् । त्यस्तै हालसम्म ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ५३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा १ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै ११ हजार ९७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ११६ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १३ हजार ४९३ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?