आयो कोरोना भ्याक्सीन : अर्को हप्ताबाट बेलायतमा उपलब्ध हुने

काठमाडौं । यूनाइटेड किंगडमले फाइजर र बायोएनटेकको कोरोना भ्याक्सीनलाई स्विकृति दिएको छ ।

अमेरिका र यूरोपीय संघको निर्णय भन्दा पहिला फाइजर र बायोएनटेकको कोरोना भ्याक्सीनलाई स्विकृति दिने यूनाइटेड किंगडम पहिलो पश्चिमी देश बनेको छ । भ्याक्सीन अर्को हप्ताबाट बेलायतमा पाइनेछ ।

केहि दिन पहिला मात्रै फाइजर कम्पनीले ल्याबमा कोरोना भ्याक्सीन बनाउन सफल भएको दाबी गरेको थियो ।

यो भ्याक्सीनले भाइरलाई ९६ प्रतिशत नष्ट गर्ने क्षमता राख्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?