महासंघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठको फराकिलो जित

काठमाडौं । शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।

जसमा वस्तुगत उपाध्यक्षमा किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठले चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई भारी मतले पराजय गरेका छन् ।

जसमा उमेशलाल श्रेष्ठको पक्षमा ३७ मत खसेको छ भने अञ्जन श्रेष्ठ ६२ मतले सहज जित हात पारेका छन् ।

वस्तुगत तर्फ १०१ मत रहेकोमा ६२ मत अञ्जन श्रेष्ठले पाएका छन् भने उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन् । २ मत भने बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?