काठमाडौं । यतिबेला महासंघको ५४ औँ वार्षीक साधारण सभाको बन्दसत्र चलिरहेको छ । बन्दसत्रको अवसरमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले ढकाललाई उम्मेद्वारी फिर्ता लिएर आफूलाई सघाउन आग्रह गर्दै अर्को पटक आफूले सहयोग गर्ने बचन दिएका छन ।
उनले तपाई असल र सरल व्यक्ति हो भनेर मैले बुझेको छु, तपाईले दाजुको लिडरसीपलाई सफल बनाएर आफू सेकेन्ड लाइनमा बस्नु पर्यो’ प्रधानले भने, ‘मैले यसअघि पनि तपाईलाई यही आग्रह गरेको छु, अझै पनि थोरै समय बाँकी छ, मलाइ छाडिदिनुस् ।’
बन्दसत्रमा किशोर प्रधानले दिएको मन्तव्यको सम्पादित अंश :
यतिबेला जिल्ला नगरका साथीहरुलाई अहिले धेरै संवेदनशिल अवस्थामा काम गर्नुपर्ने बाध्यता छ । करको समस्या, राजस्वको विषय, बैंक ब्याजदरको विषय छन् ।
यो अवस्थामा उद्योग वाणिज्य महासंघले धेरै काम गर्नुपर्छ । यो अवधिमा जिल्ला नगरका अध्यक्षहरुले धेरै काम गर्नु भएको छ । जिल्ला अध्यक्षको नेतृत्वदायी भूमिका छ ।
हामीले त्यसको सराहना गर्नुपर्छ । महासंघको शिर उँचो हुनुको कारण जिल्ला संघ पनि हो ।
नेपालमा उद्योगी व्यवसायीको विकास गर्ने, उद्योग स्थापना गर्ने कामको शु्रुवात भोलि महासंघको नेतृत्व गर्ने महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पुर्खाले नेपालमा उद्योग स्थापना गरेर उद्योगी व्यवसायीको आँखा खोल्नु भएको हो ।
नेपालमा सबैभन्दा पहिले रघुपति जुटमिल स्थापना गरेर रोजगारी दिने क्रम शुरु गर्नुभयो । सरकारलाई राजस्व तिर्ने काम गर्नुभयो ।
अहिलेसम्म सबै उद्योग व्यवासायीले अपनत्व ग्रहण गरेका छौं । त्यस्ता व्यक्तिको तेस्रो पुस्ताले महासंघको नेतृत्व गर्दैछ । उहाँलाई सघाउन सशक्त हातको आवश्यक छ । जसले जिल्ला नगरको सबै समस्या बुझेर त्यो समस्या समाधान गर्न अग्रसर रहने छौं ।
निर्वाचनको अन्तिम घडिमा आइपुग्दा मत दिने अधिकार तपाईहरुलाई छ । मतदान गर्दा त्यो निर्णय तपाईहरुले दिनुहोला । तपाईको आत्मामा जे लाग्छ त्यो गर्नुहोला मस्तिष्कको भरमा नलाग्नु होला ।
तपाईले भोलि महासंघमा नेतृत्व चयन गर्दा मेरो आत्माको आवाज सुनिन भन्ने खालको अनुभुती नहोस । सबै मित्रहरुलाई मेरो आग्रह के छ भने सबैले आफ्नो आत्माको आजाव सुन्नु होला ।
कुनैबेला दिलले हैन दिमागले काम गर्दा विश्वासमा ठेस पुग्नसक्छ । जहिल्यै पनि दिनको कुरा सुन्नुहोस । दिमागको कुरा पछि राख्नु ।
भावी अध्यक्ष शेखर गोल्छाले कार्यनीति प्रस्तुत गर्दै हुनुहुन्छ । उहाँको कार्यनीतिलाई परिणामम्खी बनाउन म तीनै तहका सरकार, सबै जिल्ला नगर, एशोसिएट, जिल्ला नगरका कुरालाई कार्यान्वयनमा लैजाने प्रण गर्दछौं ।
अहिलेको अवस्थामा रहेको अर्थतन्त्रलाई उकासेर लैजाने हाम्रो प्रयास हुनेछ । हाम्रो समूह त्यही अनुसार अघि बढिसकेको छ । हामीले काम गर्दा अन्तराष्ट्रिय भाइचरा अनुसार अघि बढनुपर्ने छ ।
सरकारले इन्भेष्टर फोरममार्फत् वैदेशिक लगानी ल्याएर रोजगारी सृजना गर्नुपर्ने आवश्यकता छ । देशलाई कृषि प्रधान देशको रुपमा स्थापित गर्नुपर्ने छ ।
खाली जग्गालाई भूमि बैैकमार्फत् चक्लाबन्दी गरेर कृषकलाई आकर्षित गर्नुपर्ने छ । त्यो काम हामीले वन क्षेत्रमा पनि गर्नुपर्ने छ । पर्यटनको क्षेत्रलाई पनि विकास गर्ने हो भने १ वर्षमा ५०/६० हजार रोजगारी सृजना गर्न सकिन्छ ।
यो सबै काम पीपीपी मोडलमा मात्रै हुनेछ । सरकारसँग सहकार्य गरेर मात्रै सम्भव छ । कृषि, वन, पर्यटन क्षेत्रबाट प्रतिफल दिने र राज्यलाई सहयोग गर्ने योजना छ ।
मेरो भाई, जो मसँग प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासंघको उहाँको पनि उत्तीकै आवश्यकता रहेको छ ।
उहाँ असल र सरल व्यत्तित्व रहेको छ । उहाँसँग धेरै बसेको छु । उहाँको सरल स्वभाले मलाई लागेको थियो की, भाईले दाईलाई भनेको छ । तर उहाँले बिर्सनु भयो । दाजुको कर्तव्य पहिला पूरा गर्न दिएर अनी मात्रै म नेतृत्वमा जानुपर्छ भन्ने कुरा कस-कसका कारण उहाँले बाटो बिराउनु भएको छ ।
अझै पनि समय बाँकी छ । म बाटो देखाउन तयार छु । म मेरा मित्र, मेरा भाई, मेरा प्रियलाई निवेदन गर्न चाहन्छु, तपाईको यहाँ आवश्यकता छ, त्यसलाई परिपुर्ती गर्नका लागि तपाईले नेतृत्व लिनु भन्दा पनि दोस्रो तहमा बसेर केही सिकेर अघि बढ्दा केही असल हुने थियो भन्ने मेरो बिनम्र अनुरोध रहेको छ ।
अहिलेको आवश्यकतालाई हेरेर नि:श्वार्थ रुपमा महासंघमा रहेर सहयोग गर्ने मेरो प्रतिबद्धता छ । म साना तथा मध्यम खालको व्यवसायीको रुपमा स्थापित भएको छु ।
मसँग साना तीन/चार वटा उद्योग नभएको होइन । मैले त्यसलाई संरक्षण गरेर यहाँ पुगेको छ । म चाहन्छु, मेरा साना तथा मझौला उद्योगी व्यवसायीको बेदना, पीडालाई बोकेर ठूला उद्योगीसँग सामाजस्यता कायम गरेर देशको विकास गरौँ, अर्थतन्त्रको बिस्तार गरौ भनेर लागेको छु ।
त्यसको विकासको लागि सबल, सफल र निश्वार्थ व्यक्तिको रुपमा म यहाँ खडा भएको छु । मैले यस अघिको भूमिका अनुशासीत रुपमा निर्वाह गरेको छु । आगामी दिनमा पनि त्यो हुनेछ । मेरो उद्देश्य भनेको सबैको सहयोगले देशको अर्थतन्त्र सही दिशामा जाओस्, सरकारलाई सही मार्गदर्शन दिने र अर्थतन्त्रको विकास गर्ने नै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया