रेमिट्यान्स कम्पनीदेखि महासंघको नेतृत्व सम्म चन्द्र प्रसाद ढकालको यात्रा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागी आफनो उम्मेद्धारी घोषणा गरेका चन्द्र ढकालले बुधबार आफनो उम्मेद्धारी धोषणा गरेका छन् । पछिल्लो संशोघित विधान अनुसार नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षले आर्के कार्यकाल स्वत अध्यक्ष भइ महासंघको नेतृत्व गर्ने व्यवस्था रहेको छ । निजि क्षेत्रको सबै भन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको लडाई लड्ने अवस्थासम्म कसरी पुगे चन्द्र ढकाल ?

करिब २ दशक आगाडिसम्म मात्र एउटा सामान्य जिवनस्तरमा रहेको चन्द्र ढकाल एका एक नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको लाडई लड्दै छन् भन्दा धेरैलाई आश्र्चय लाग्न सक्छ । विसं २०२२ मा बागलुङको अमलाचौरमा जन्मिएका चन्द्रप्रसाद ढकालको व्यवसायीक यात्रा करिब २ दशकको मात्र रहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघको यात्रा करिब १ दशकको रहेको छ ।

१ दशकको नेपाल उद्योग वणिज्य महासंघको अनुभव बोकेर करिब ३ दशक देखि महासंघमा आवद्ध किशोर प्रधान सँग उनी प्रतिस्प्रधा गर्दै छन् । महासंघको अनुभवको आधारमा उनी कमजोर देखिए पनि व्यवसायीक एंव व्यक्तिगत जिवनमा भने उत्तिकै सफल पनि रहेका छन् ।
अहिले उनी आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष छन् । उनी अध्यक्ष रहेका अरु सामाजिक संघ संस्था कैयौँ छन् । बैंक तथा वित्तीय सेवालगायत जलविद्युत्का क्षेत्रमा पनि उनको उपस्थिति रहेको छ ।

उनी १६ वर्षको हुँदा उनको पिताको देहावाशन पश्चात सोह्र वर्षको एक किशोरको काँधमा आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो । उनले त्यस जिम्मेवारीप्रति गम्भीर भएरै आफनै मिहिनेत र परिश्रमको आडमा आज उनी समग्र निजि क्षेत्रको नेतृत्व गर्न प्रतिस्प्रधा गर्दै छन् । उनले गरेको परिश्रमले उनलाई मात्र सफल बनाएको छैन हजाँरै मानीस र राज्यलाई प्रत्यक्ष अप्रत्क्ष रुपले फाईदा पुर्‍याई रहेको छ ।

सफल व्यवसायी चन्द्र ढकाल, ढकालको जीवनका कठिन कथाका पानाहरु पल्टाउने जोसुकैले निकाल्ने अन्तिम निष्कर्षनै यही नै हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको खरिददारका रूपमा बैंकमा काम थालेका चन्द्र ढकाल अहिले नेपालको सबैभन्दा ठूलो बैंकको आफैं मालिक छन् ।
रेमिट्यान्स कम्पनीबाट उदाएका उनको सञ्जाल देशको कुना कुनामा पुगिसकेको छ । जुन आईएमई ग्रुप भनेर चिनिन्छ । आईएमईको ‘वेभसाइट’का अनुसार उनका व्यवसाय रेमिट्यान्स क्षेत्रसँगसँगै सवारीसाधन बिक्री, जलविद्युत् उत्पादन, ट्राभल एन्ड टुर्स, बैंक, औषधि, सूचना प्रविधि र व्यापारसम्म फैलिएका छन् । ट्राभल र कार्गो उनको रेमिट्यान्स कम्पनीभन्दा पुरानो काम हो । वैदेशिक रोजगारीमा जापान गएर फर्किनु अघिदेखि नै उनी कार्गो व्यापारमा लागिसकेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकमा उनको जागिरे जीवन करीब चार वर्ष जतिको रह्यो । त्यही समयमा व्यवसायको सोच र आँट लिएर बैंकको जागिर त्यागी व्यवसायमा जोड दिन थाले । त्यो हिम्मतनै उनको जिवनको सफलताको केन्द्रविन्दु बन्न पुग्यो ।

व्यवसाय थालेका ढकालले भने कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउन सोच बनाएका थिए । त्यतिबेला नेपाली गार्मेन्ट उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरेका थिए । भिसा पनि लागीसकेको थियो । तर, अमेरिका जाने सोच बेकेका ढकाल जापान भएर अमेरिका जाने निघो गरे । १० महिना जापानमै बसेर काम गरेका ढकालले विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने तनावलाई देखे । यहि समस्यालाई अवसरमा परिर्णत गरेर आज आइ एम इ लाई रेमिटेन्सको बा्रन्डमा रुपान्तरण गरेर उनी एक सफल व्यवसायको रुपमा चिनिन थालेका छन् ।

उनले आइ एम इ शुरुवात गर्नु अगाडि विदेशबाट नेपालमा पैसा पठाउने कुनै औपचारीक माध्यम थिएन । हुण्डी कारोबार दिन प्रति दिन फस्टाउँदै गएको थियो । जसले सामाजिक अपराध र नेपालीहरु ठगीने प्रविति फस्टाउदै गएको थियो । देश र देशको अर्थतन्त्रले विकराल समस्या झेलिरहेको बेला पहिलोपटक राष्ट्रबैंकमा नितिगत प्रस्ताव लिएर उनीनै पुगेका थिए ।

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला ग¥यो । धेरै नेपाली पनि गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान नै थिएन । यहि समस्यालाई अवसरमा परिणत गरि ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आइएमई)को शुरुवात गरे जुन उनले परिकल्पना गरे भन्दा पनि घेरै माथि पुग्यो । अहिले अधिकाशं मानिसहरु पैसा पठाउनेलाई बैक तथा वित्तिय संस्थाहरुमा आई एम ई गर्नुनै भन्ने गरेका छन् । रेमिटान्सको बा्रन्ड भनेकै नेपालमा आइ एम इ जस्तो रहेको छ ।

आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासघंमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न रहेका छन् । सफलताको एक पछि आर्के सिडि उक्लदै उनले जिवनमा कयौँ सफलताहरु हात पारे उनले स्थापित गरेको चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ ।

जब नेपाल भुकम्प र नाकाबन्दीले थलिएको थियो त्यतीखेर चन्द्रगिरि केबलकार संचालन गरेर राष्ट्रको अर्थक्षेत्रको मनोबल उच्च राख्न उनको अह्म भूमीका रहेको थियो ।

इमान्दार र मेहेनती गुण भएका चन्द्र ढकालले आफनो मात्र खुसी कहिल्यै हेरेनन् आफुलाई साथ दिने व्यक्ति र आफनो राज्यप्रति पनि उनी उत्तीकै उत्तरदायी रहे । समयको अत्यन्तै पक्का मानिने चन्द्र ढकाल सरकारको निति कार्यन्वयनमा पनि उत्तिकै पक्का व्यक्ति कहलिन्छन् ।
गत आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गरे । सरकारको सोही नीतिका कारण ग्लोबल आइएमई र जनता बैंक मर्ज भएर ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका आधारले नेपालकै ठूलो बैंक बन्यो मर्जपछि बैंकको चुक्ता पूँजी करीब १९ अर्ब रुपैँया पुगेको हो ।

राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करीब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बैँकको अध्यक्ष बन्न सफल भए । कुनै व्यवसाय गर्छु भन्ने व्यक्तिका लागी चन्द्र ढकालको यो सफलतानै एउटा ठूलो प्रेरणाको श्रोत बन्न सक्छ । ढृद्ध विश्वास, मेहेनतले मान्छेले सोचेको भन्दा पनि ठूलो सफलता हात पार्छ भन्ने एउटा उदाहारण हुन चन्द्र ढकाल ।

आफनै मेहेनत र परिश्रमले व्यवसायीक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भए । ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित पनि भए । अहिले भने चन्द्र ढकालले बरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्ने घोषणा बागलुङबाट गरेका थिए ।

साना तथा मझौला व्यवसायको हकहित संरक्षण गर्न र नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरि देशको अर्थतनत्रलाई सबल बनाउन चन्द्र ढकालले नेतृत्वको लडाईमा भाग लिएका हुन् । चुवानको नतिजा त समयलेनै देखाउने छ तर उनको प्रतिस्प्रतिले पनि उनीमा अनुभव बाहेक कुनै कुराको कमी नरहेको बताउछन् ।

अघिल्लो चुनावमा शेखर गोल्छा र किशोर प्रधान दुवैको प्यानलबाट र्निविरोध ऐसोसिएट उपाध्यक्ष बनेका चन्द्र ढकाल अहिले उहि किशो प्रधानसँग प्रतिस्प्रधा गरिरहेका छन् । प्रधानको महासंघमा लामो अनुभव रहेको छ भने चन्द्र ढकालसँग दृढ आत्मविश्वास रहेको छ ।
अब अनुभव र इच्छाशक्तीको राजनितिक महासंघारमा दुई उम्मेद्धार चन्द्र ढकाल र किशोर प्रधान मध्ये कल्ले बाँजी र्माला भन्ने आजको  चुनावलेनै प्रस्टाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?