मोरङका सानो व्यापारीदेखि महासंघको नेतृत्व सम्म किशोर प्रधानको यात्रा

प्रस्तुत कोइराला /काठमाडौं । विक्रम संवत् २००९ साल श्रावण २८ गते मोरङ जिल्लामा जन्म भएको किशोर प्रधानलाई सानै देखि उद्योग र व्यापारमा अत्यन्तै रुची थियो । आफ्ना बुबाबाट प्रेरित प्रधानले सानै देखि राज्यको उद्योग वाणिज्य क्षेत्रमा केहि ठूलै योग्दान गर्ने सपना देखेका थिए ।

देशमा रहेका अघिकाशं साना तथा मझौला उद्योगीहरुको हकहित संरक्षण गर्ने लक्ष्य बेकेका प्रधानले क्षेत्रिय उद्योग वाणिज्य संघको स्थापनामा ठूलो योग्दान पु¥याएका छन् । करिब २८ वर्ष अगाडी उद्योग वाणिज्य संगठनको महासचिव हुदैँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यका रुपमा उनको महासंघमा प्रवेश भएको थियो ।

उनले ८ वर्ष सम्म नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यका रुपमा रहेर नेपाल उद्योग वाणिज्य महासंघलाई नजिकसँग नियाल्न पाएका थिए । उनले सन् १९९७ देखि १९९९ साल सम्म नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सह अध्यक्षका रुपमा जिम्मेवारी बहन गरेका थिए । २८ वर्ष भन्दा लामो समय नेपाल उद्योग वाणिज्य महासंघमा बिताएका प्रधानले २ वर्ष नेपाल उद्योग वाणिज्य महासंघको प्रशिक्षण तथा प्रविधि समितिमा अध्यक्षका रुपमा नेपाल उद्योग वाणिज्य महासंघको यात्रा शुरु गरेका थिए ।

इमान्दार स्वभावका प्रधान आफनो काम प्रति सधै वफदार रहँदै नेपाल उद्योग वाणिज्य महासंघको एकपछि आर्के खुड्किलो चढ्दै गए । यसैक्रममा उनी नेपाल उद्योग वाणिज्य महासंघको सार्वजनीक निजि साझेदार समितिमा समेत २ वर्ष अध्यक्षका रुपमा आफ्नो भूमीका निर्वाह गरे ।

चेम्बर आन्दोलनका एक स—शक्क्त नेता कहलिएका प्रधाले निजि क्षेत्रको निष्पक्ष व्यपारसँगै बहन गरिएको सामाजिक उत्तरदायीत्वको अवधारणा सार्वजनिक गरे जस्को मुल उद्देश्य राजयको समग्र अर्थव्यवस्थालाई टेवा पु¥याउने रहेको थियो । कर्पोरेट सामाजिक उत्तरदायीत्वलाई मूलमंत्र लिएर अघि बढेका प्रधानले विपन्न वर्ग प्रति निजि क्षेत्रको भूमीका बारे सघै गम्भिरतापूर्वक लागी पर्दै व्यापारीक एवं समाजिक क्षेत्रमा हरेकपल सफलताको सिडि चढ्दै गए ।

आफ्नो जिम्मेवारीप्रति सधै इमान्दार रहेका प्रधान केन्द्रिय सदस्यका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ प्रवेश गरे पश्चात २८ वर्षको कार्यकालमा विभिन्न समितिको नेतृत्व गर्दै आएका छन् । लामो समय महासंघको अनुभव बोकेका प्रधानले समग्र महासंघको नेतृत्व गर्नका लागी यसपटक वरिष्ठ उपाध्यक्षका लागी आफनो उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महसंघको स्थानीय विकास समितिका अध्यक्ष समेत रहेका प्रधान मोरङ चेम्बर अफ इन्डष्ट्रिजका प्रथम महासचिव रहेका थिए ।

औद्योगीक एंव व्यापारीक जिवन

उद्योगी किशोर प्रधानको अधिकांश जिवन उद्योग, वाणिज्य,व्यापार र त्यस्को विकासमा मात्रै केन्द्रित रहेको देखिन्छ । उद्योग क्षेत्रमा पनि संवेदनशिल उद्योग र चुनौतीले भरिएको, औषधी उद्योगमा उनले अतुल्नीय योग्दान प्रदान गरेका छन् । कपडा उद्योग, ह्युम पाइप उद्योग साथै सिमेन्टिका पोल व्यवसायमा उनी सक्रिय रहँदै आएका छन् । नेपालमा उत्पादनमुलक उद्योगको कमी महशुश गरेका प्रधानले प्रत्यक्ष वैदेशिक लगानी भित्राएर स्वदेशमा उत्पादन तथा प्रशोधन उद्योग स्थापना गर्ने सपना बेकेका थिए । त्यसैहेतुले प्रधानले चाइना र जापानका कम्पनी सँग पनि राम्रो सम्बन्ध विस्तार गर्दै गए तर नेपालको राजनीतीक अस्थीरता र खिचातानी प्रवितिले प्रत्यक्ष वैदेशिक लगानीको वातावरण कहिल्यै स्थीर रहन सकेन ।

किशोर प्रधानका उद्योगहरुः

१) हिमालयन पोल इन्डष्ट्रिज प्रा.ली
विराटनगर, नेपाल

२) हिमालयन ह्युम पाइप एण्ड कन्र्किट इन्डष्ट्रिज प्रा.ली
लाहान, नेपाल

३) प्रधान व्रिक इन्डष्ट्रिज प्रा.ली
राजविराज, नेपाल

४) लक्ष्मीराज इन्टरप्राइजेज, प्रत्यक्ष वैदेशिक लगानी प्रर्वद्धन गर्न

नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो निजि उद्योग बाहेक पनि प्रधानले नेपालको औद्योगीक,व्यापारीक एंव शिक्षाको क्षेत्रमा अह्म भूमीका निर्वाह गरेका छन् । सन् २००२ साल देखि सन् २००३ साल सम्म १ वर्षका लागी उदेयपुर सिमेन्ट इन्डष्ट्रिजका नेर्देशकका रुपमा उनी कार्यरत थिए भने सन् २००३ साल देखि २००४ साल सम्म विराटनगर उप महानगरपालीकाको सार्वजनीक निजि पार्टनरसिप प्रोग्रमका अध्यक्ष पनि रहेका थिए ।

त्यस्तै उद्योगी प्रधान शिक्षा क्षेत्रको विकासमा पनि अग्रसर रहेका थिए । सन् २००१ देखि सन् २००५ सम्म पूर्वञ्चल विश्वविद्यालय विराटनगरका काउन्सिल सदस्य रहेर पनि सेवा गरेका थिए । साथै सन् २००२ देखि २००६ सम्म पुर्वाञ्चल विश्वविद्यालयको सा्रेत परिचालन समितिको नेतृत्व गरेका थिए । त्यस्तै स्न २०१६मा उनलाई पाटन मेडिकल कलेज एण्ड हस्पिटल काउन्सील सदस्यका रुपमा नियुक्त गरिएको थियो ।
विभिन्न संघ संस्थामा जिवनकाल बिताएका प्रधान सन् २००५ देखि २०१३ सम्म नेपाल पोल उत्पादक संघका महासचिव पनि रहेका थिए । वैदेशिक व्यापार प्रवद्र्धन गर्ने सोच भएका व्यक्ति किशोर प्रधान नेपाल बङगलादेश चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका कार्यकारी सदस्य हुन भने नेपाल चाइना चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका अध्यक्ष ।

उद्योग सँगसँगै देश र जनताको विकास पनि हुनु पर्छ भन्ने धारणा राख्ने प्रधान काठमाडैं खानेपानि प्रजेक्टका र्बोड अफ डिरेक्टर पनि हुन ।

सामाजीक क्रियाकलापमा पनि उत्तिकै सक्रिय

औद्योगीक एंव व्यावसायीक जिवनमा किशोर प्रधान जति सक्रिय देखिन्छन् । सुरुवात देखिनै सामाजिक क्रियाकलापमा अझै बढि सक्रिय रहँदै आएका छन् । उनी नेपाल रेड्र क्रस सोसाइटि, जेसिस इन्टरनेशनल , नेपाल भारत र्फोन्डशीप सोसाइटि, नेपाल बाल संस्थाका जिवन सदस्य पनि रहेका छन् । साथै जेसिसि नेपालको विभिन्न चरणमा नेतृत्व समेत सम्हाल्दै आएका छन् जिल्लागत उपादध्यक्ष ,अध्यक्ष हुदै जेसिस नेपालको राष्ट्रय नेतृत्व गर्दै सार्क स्तरीय जेसिस सम्मेलनको अध्यक्षता पनि उनले गरेका छन् भने राष्ट्रिय राष्ट्रपति जेसिस नेपालका प्रमुख सल्लाहाकारका रुपमा समेत कार्यवहाक सम्हालेका थिए ।

विराटनगरको तिनतोलीया गाउँमा जन्मेका किशोर प्रधानले अल्लाहावाद विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नाकोतर गरेका छन् । भारतमा पाढ्ई हुने गर्दै देखि उनको रुची भने संघ संस्थामै आवद्धहुने नै रहेको थियो । अल्लाहवाद विश्वविद्यालयमा पनि उनी नेपाली विद्यार्थी संघमा सचिवको रुपमा २ वर्ष आफनो जिम्मेवारी वहन गरेका थिए । पढाई सकेर नेपाल फकेर्का प्रधान जेसिस नेपालको राष्ट्रिय अध्यक्षहुनु पूर्व विश्व हिन्दु परिषदको सचिवको रुपमा किशोर प्रधान स्थापीत भएका थिए ।

आफनो जिवनकालको शुरुवाती चरण देखिनै प्रधानले विभिन्न संघ संस्थाको नेतृत्व बहन गर्दै देश र जनताको सेवा गर्दै आएका छन् । अब भने उद्योगी प्रधानले आफनो जिवनको शुरुवाती चरणमा देखेको सपना नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरि पूरा गरिने विश्वासका साथ आगामी निर्वाचनमा आफनो उम्मेद्धारी घोषणा गरेका छन् । नेपालमा उद्योग व्यवासयको विकास, साना तथा मझौला व्यवसायीहरुको हकहित संरक्षण , कृषि क्षेत्रको प्रर्वद्ध र प्रत्यक्ष वैदेशिक लगानीबाट उद्योगहरु स्थापना गरि समृद्ध नेपालको परिकल्पना गरेका छन् ।
महासंघमै लामोसमय बिताएका उद्योगी प्रधान आफनो काम र इमान्दारीताले अवश्यनै नेतृत्व सम्हालेमा विस्वस्त समेत रहेका छन् ।।

राज्यको अर्थव्यवस्था सुद्धिढ बनाउन प्रधानको भूमीका

नेपाल उद्योग वाणिज्य महासंघका स्थानीय आर्थिक विकास समितिका अध्यक्ष किशोर प्रधानकै पहलमा किमाङथाङ्क जोगबनी सडकको अवधारणा शुरु भएको थियो । उक्त सडक उदघाट्नमा सरकारद्धार केहि मन्त्रीहरु सहित उनलाई निमन्त्रीत गर्दै उच्च सम्मान पनि गरिएको थियो ।

पि पि पि अर्थात पब्लीक प्राइभेट पार्टनरशिप सरकारसँगको समन्वयमा मूलधारको विचारमा ल्याउन प्रधानले अह्म भूमीका निर्वाह गरेका छन् ।

निजि र सार्वजनिक साझेदार गरेर समग्र पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थय स्थानीय विकास र कृषिमा तरङ ल्याउन उक्त योजना प्रभावकारी हुने विश्वास प्रधानको रहेको छ ।

नेपाल उद्योग वणिजय महासंघमा उपाध्यक्ष चयन भए पश्चात सरकारको नितिमा पहिलोपटक चाक्लाबन्दी कृषि र भूमी बैंकको योजना सरकारको नितिमा केहि सामान्य हदसम्म भएपनि पार्न सफल भएका छन् । मुख्यत्त कृषि क्षेत्रको रुपान्तरण र कृषकको जिवनस्तर उकास्ने हेतुका आधारमा उनी नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्न चाहाना रहेको उनि आफै बताउदै आएका छन् ।

हालसालै देखिएको कोभिडको सामस्यालाई गम्भरितापूर्वक अत्मासाथ गर्दै प्रधानले अन्तराष्ट्रिय स्तरको राष्ट्रिय विपत व्यवस्थापनलाई नेपाल उद्योग वाणिज्य महासंघलाई मुलधारमा प्रवेश गराउन मुख्य भूमीका निर्वाह गरेका छन् साथै संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै प्रधानले विजनेश मानव अधिकारको अवधारणामा नेपाल उद्योग वाणिज्य महासंघलाई प्रवेश गराउन पनि सफल भएका व्यक्तित्व हुन किशोर प्रधान हुन् ।

किशोर प्रधानको २८ वर्षिय महासंघको यात्रामा उनी कहिल्यै पनि विवास्पद बनेनन् । उनी बाल्यकालकै अवस्थादेखि आफनो जिम्मेवारी परिपूर्त गर्दै आहिले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागी लडिरहेका छन् । तर उनी यस अघिको नेपाल उद्योग वाणिज्य महासंघको सोहि पदको लडाईमा शेखर गाल्छासँग पराजित भएका थिए । फेरि पनि सोहि पदका लागी उनले आफनो उम्मेद्धारी धोषणा गर्दै यसपटक चन्द्र ढकालसँग प्रतिस्प्रधा गर्दै छन् । हार जितको नतिजा निर्वाचनले देखाउनेनै छ तर नेपाल उद्योग वाणिज्य महासंघको इतिहास र्होने हो भने एक पटक कुनै पदमा पराजित भएका व्यक्ति फेरि चुनाव उठेर सोहि पदमा जित हासिल गरेको रेर्केड छैन् । तर पनि इतिहास बदल्ने एक अवसर भने उनले पकै पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?