लम्बोदरलाई एक हप्ता थुनामा राख्न अनुमति

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर कुमार न्यौपानेलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको छ ।

गठी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत मंसिर १० गते पक्राउ गरेको थियो ।

शुक्रवार सीआईबीले काठमाडौं जिल्ला अदालतबाट एक हप्ता थुनामा राख्न अनुमति लिएको हो ।

रामेछापको मन्थली घर भइ हाल काठमाडौं बस्दै आएका न्यौपानेलाई क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगी गरेको आरोप रहेको छ ।

लम्बोदरले संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।

उनीविरुद्ध अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकसँगै ‘घुस रिसवत’ मुद्धा दायर समेत भएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्धाको कसूरमा धरौटीमा रिहा भई उक्त मुद्धा बिचाराधिन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?