काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सार विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १४ लाख ३७ हजार ८३५ जनाको मृत्यु भएको छ भने ६ करोड १३ लाख ८ हजार ११६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड २३ लाख ९५ हजार ३५९ जना संक्रमण मुत्त, भएका छन् भने विश्वमा १ लाख ५ हजार १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा अहिलेसम्म १ करोड ३२ लाख ४८ हजार ६७६ जनालाई कोरोना संक्रमण भएको छ भने २ लाख ६९ हजार ५५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ७८ लाख ४६ हजार ८७२ जना संक्रमण मुक्त भएका छन् भने ५१ लाख ३२ हजार २४९ जना उपचाररत छन् ।
त्यस्तै २४ हजार ३९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म २१ हजार ७८५ जनाको मृत्यु भएको छ भने १२ लाख ३१ हजार २५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ११ लाख ७४ हजार ७०७ जनालाई संक्रमण भएको छ भने १९ हजार ३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ९ लाख ६१ हजार ६७६ जनालाई संक्रमण भएको छ भने १८ हजार २५५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बिहीवार मात्रै १ लाख ८ हजार ६३ जनालाई संक्रमण भएको छ । यो संख्या नोभेम्बर ४ यताकै सबैभन्दा कम हो । त्यस्तै १ हजार ३०६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया