नयाँ दिल्ली । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस संक्रमित भएका छन् ।
सरकारी अधिकारीले मङ्गलवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना संक्रमित भएका हुन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।
संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको जनाइएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाख भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया