काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख १ हजार ८२७ जनाको मृत्यु भएको छ भने ५ करोड ९५ लाख ९ हजार ९०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ११ लाख ५२ हजार ३९५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ३ हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा सोमवार मात्रै ५ लाख ३ हजार ७२४ जना संक्रमित थपिएका छन् भने ७ हजार ९४९ जनाको मृत्यु भएको छ ।
यसैबीच अमेरिकामा हालसम्म २ लाख ६३ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड २७ लाख ७७ हजार १७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७५ लाख ४८ हजार ९४० जना संक्रमण मुक्त भएका छन् भने ४९ लाख ६४ हजार ५४७ जना उपचाररत छन् । त्यस्तै २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको टेक्सासमा ११ लाख ९१ हजार ६०८ जनालाई संक्रमण भएको छ भने २१ हजार २२३ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ११ लाख ३३ हजार ९४९ जनालाई संक्रमण भएको छ भने १८ हजार ७७० जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ९ लाख ४४ हजार ७४५ जनालाई संक्रमण भएको छ भने १८ हजार ९० जनाको मृत्यु भएको छ ।
अमेरिकामा सोमवार १ लाख ७२ हजार १०३ जनालाई संक्रमण भएको छ भने ९७२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया