बेलायतमा एकै दिन करिब २३ हजार कोभिड-१९ संक्रमित, ५०१ को मृत्यु

लण्डन । बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ ।

सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीवार एकै दिन २२ हजार ९२५ जना कोरोनाका संक्रमित देखिएका बताइएको हो ।

यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीवार थपिएका ती संक्रमितसहित यहाँ कोरोना संक्रमितहरुको संख्या १४ लाखभन्दा बढी पुगेको छ ।

बिहीवार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ संक्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो ।

बेलायतमा यसरी एकैदिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना संक्रमितको मृत्यु भएको बताइएको छ । यो संख्या बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ५३ हजार ७७५ पुगेको छ ।

पछिल्लो महिना यहाँ संक्रमितको संख्या बढेसँगै मृतकहरुको संख्या पनि बढेको बताइएको छ । यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ ।

जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा संक्रमणले थप चिन्ता बढाइदिएको बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?