अमेरिकामा ६ दिनमा १० लाख मानिसलाई कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमितको आँकडा दिनदिनै बढीरहेको छ ।

कोरोनाबाट अत्याधिक प्रभावित देश अमेरिकामा मात्र ६ दिनमा १० लाख भन्दा धेरै मानिसलाई कोरोना संक्रमण भएको छ ।

शुरुवाती १०० दिनमा १० लाख संक्रमित बनेको अमेरिकामा ६ दिनमै कोरोनाका १० लाख केस पुष्टि भएको हो ।

साथै अस्पतालमा भर्ना हुने संक्रमितको संख्या पनि अत्याधिक रहेको बताइएको छ ।

अमेरिकामा अहिलेसम्म २ लाख ५२ हजार ६५२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने १ करोड १५ लाख ३८ हजार २८० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७० लाख १९ हजार ३६४ जना संक्रमण मुक्त भएका छन् भने ४२ लाख ६६ हजार २६४ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?