काठमाडों । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १३ लाख ३२ हजार १०० जनाको मृत्यु भएको छ भने ५ करोड ५३ लाख ४५ हजार ४२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ८४ लाख ९० हजार १०४ जना संक्रमण मुक्त भएका छन् भने ९९ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा मंगलवार ५ लाख ४ हजार ५६७ जनालाई संक्रमण भएको छ भने ७ हजार ३०५ जनाको मृत्यु भएको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ५२ हजार ६५१ जनाको मृत्यु भएको छ भने १ करोड १५ लाख ३८ हजार ५७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७० लाख १९ हजार ३०४ जना संक्रमण मुक्त भएका छन् भने ४२ लाख ६६ हजार १०२ जना उपचाररत छन् । अमेरिकामा २१ हजार १८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको टेक्सासमा २० हजार २१८ जनाको मृत्यु भएको छ भने ११ लाख ६ हजार २३५ जनालाई संक्रमण भएको छ । क्यालिफोर्नियामा १० लाख ४४ हजार ८९६ जनालाई संक्रमण भएको छ भ्ने १८ हजार ३०४ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ लाख ८९ हजार ८६४ जनालाई संक्रमण भएको छ भने १७ हजार ५६१ जनाको मृत्यु भएको छ । अमेरिकामा सोमवार १ लाख ६२ हजार १४९ जनालाई संक्रमण भएको छ भने ७३९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया