अमेरिकामा रोकिएन कोरोना महामारी, यस्तो छ हालसम्मको अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख २४ हजार ३२० जनाको मृत्यु भएको छ भने ५ करोड ४८ लाख १० हजार ३१६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ८१ लाख ३६ हजार ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९८ हजार ८०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ५१ हजार ८३२ जनाको मृत्यु भएको छ भने १ करोड १३ लाख ६६ हजार ३७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६९ लाख ३५ हजार ६३० जना संक्रमण मुक्त भएका छन् भने ४१ लाख ३५ हजार ६३० जना उपचाररत छन् । त्यस्तै २० हजार ७०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १० लाख ९३ हजार ६४५ जनालाई संक्रमण भएको छ भने २० हजार ७५ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १० लाख ३३ हजार ६८७ जनालाई संक्रमण भएको छ भने १८ हजार २६५ जनाको मृत्यु भएको छ । त्यस्तै फ्लोरिडामा ८ लाख ८५ हजार २०१ जनालाई संक्रमण भएको छ भने १७ हजार ५२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै आईतवार अमेरिकामा १ लाख ३८ हजार २४९ जनालाई संक्रमण भएको छ भने ५७९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?