भारतमा जुलाई १५ यताकै सबैभन्दा कम संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख २४ हजार ३२० जनाको मृत्यु भएको छ भने ५ करोड ४८ लाख १० हजार ३१६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ८१ लाख ३६ हजार ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९८ हजार ८०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरका कारण अहिलेसम्म १ लाख ३० हजार १०९ जनाको मृत्यु भएको छ भने ८८ लाख ४५ हजार ६१७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ८२ लाख ४७ हजार ९५० जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ६७ हजार ५५८ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै आईतवार भारतमा ३० हजार ७१५ जना संक्रमित थपिएका छन् ।

यो संख्या जुलाई १५ यताकै सबैभन्दा कम हो । त्यस्तै आईतवार भारतमा ४३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?