काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख १८ हजार ४४ जनाको मृत्यु भएको छ भने ५ करोड ४३ लाख १८ हजार ८४१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ७८ लाख ६६ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् भने ९८ हजार १२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख ५१ हजार २५६ जनाको मृत्यु भएको छ भने १ करोड १२ लाख २६ हजार ३८ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६८ लाख ९१ हजार १५ जना संक्रमण मुक्त भएका छन् भने ४० लाख ८३ हजार ७६७ जना उपचाररत छन् । त्यस्तै २० हजार ४१५ जनाको अवस्था गम्भीर छ ।
त्यस्तै टेक्सासमा २० हजार ६४ जनाको मृत्यु भएको छ भने १० लाख ८६ हजार ९८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १८ हजार २५४ जनाको मृत्यु भएको छ भने १० लाख २४ हजार ८७० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ८ लाख ७५ हजार ९६ जनालाई संक्रमण भएको छ भने १७ हजार ४९९ जनाको मृत्यु र्भको छ ।
अमेरिकामा शनिवार १ लाख ५७ हजार ८१ जनालाई संक्रमण भएको छ भने १ हजार २६० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया