कोरोना अस्पतालको इमर्जेन्सी कक्षको बाथरुममा एक व्यक्ति मृत फेला

काठमाडौं । इटलीको नेपल्स शहरस्थित कोरोना भाइरस अस्पतालको इमर्जेन्सी कक्षमा बाथमरुममै एक व्यक्ति मृत भेटिएको भिडियो अहिले भाइरल भइरहेको छ । यसले महामारी नियन्त्रणबाहिर पुुगेको यहाँको अवस्था झल्काउँछ ।

यस भिडियोले देशभर सन्नाटा निम्त्याएको छ । अस्पतालमा भर्ना भएका अर्का एक बिरामीले ट्वाइटलेटमै मृत अवस्थामा लडिरहेका बिरामीको भिडियो खिचेछन् । कार्डारेली अस्पताल स्रोतका अनुसार कर्मचारीहरुले स्ट्रेचर खोज्दै गर्दा यी बिरामी ट्वाइलेटमा चिप्लिएका थिए ।
भिडियोमा रोसारियो लामोनिका भिडभाडयुक्त इमर्जेन्सिी कक्षमा हिडिंरहेका देखिन्छन् । ‘यी व्यक्ति मृत छन् । यो कार्डारेली अस्पतला हो र हामी इमर्जेन्सी कक्षमा छौं,’ उनले भनेका छन् । उनले अर्का एक बिरामीतर्फ पनि क्यामेरा तेस्र्याएका छन् । ‘यी महिला जीवित छन् कि मृत भन्ने हामीलाई थाहा छैन,’ उनले भनेका छन् ।

३० वर्षका लोमानिका आफैं कोरोना संक्रमित हुन् । ‘जब मैले सहयोगका लागि आग्रह गरें । तब कसैले सुनेन । मलाई आफ्नोबारे आफै चिन्ता गर भन्नेहरु पनि थिए ।’

इटलीका विदेशमन्त्री लुुईगी डि माइयो ले यस भिडियोलाई स्तब्धपूर्ण भनेका छन् । उनले इटलीको तेस्रो ठूलो शहर नेपल्समा कोरोना महामारी नियन्त्रणबाहिर पुुगेको बताएका छन् । सरकाले समय खेर नफाली प्रतिक्रिया देखाउनुपर्ने उनले बताएका छन् । बुधबार नेपल्सका चिकित्सकहरुले अस्पतालको अवस्था निकै जर्जर रहेको र इटलीका अन्य क्षेत्रमा जस्तै यहाँ पनि ‘ स्वास्थप्रणाली विध्वंस नजिक रहेको ’ बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?