अमेरिकामा एकैदिन १ लाख ८३ हजार संक्रमित थपिए, बन्यो नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ । कोरोना भाइरसका कारण १३ लाख ९ हजार १६० जनाको मृत्यु भएको छ भने ५करोड ३७ लाख ३९ हजार ३०४ जनालाई संक्रमण मुक्त भएका छन् ।

त्यस्तै ३ करोड ७५ लाख २० हजार १६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ९ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ यसैबीच विश्वमा शुक्रवार कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

शुक्रवार विश्वमा ६ लाख ५६ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ९ हजार ९४५ जनाको मृत्यु भएको छ । यसैबीच अमेरिकामा हालसम्म २ लाख ४९ हजार ९७५ जनाको मृत्यु भएको छ भने १ करोड १० लाख ६४ हजार ३६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६७ लाख ८९ हजार १४६ जना संक्रमण मुक्त भएका छन् भने ४० लाख २५ हजार २४३ जना उपचाररत छन् ।

त्यस्तै ३२ हजार २९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकाको टेक्सासमा १९ हजार ९४६ जनाको मृत्यु भएको छ भने १० लाख ७८ हजार १९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १० लाख १७ हजार १२३ जनालाई संक्रमण भएको छ भने १८ हजार २२१ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ८ लाख ७० हजार ५५२ जनालाई संक्रमण भएको छ भने १७ हजार ४५० जनाको मृत्यु भएको छ ।

अमेरिकामा शुक्रवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । शुक्रवार अमेरिकामा १ लाख ८३ हजार ५२७ जनालाई संक्रमण भएको छन् भने १ हजार ३९५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?