बङ्गलादेशमा ४ लाख २८ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

ढाका । बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा कोरोना भाइरस संक्रमण भएपछि कुल संक्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।

गत २४ घण्टामा यस संक्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६ हजार १५९ पुगेको छ । गत २४ घण्टामा बङ्गलादेशमा १३ हजार ५३९ जनाको कोरोना भाइरस संक्रमण भए नभएको परिक्षण गरिएको पनि उक्त स्रोतले जानकारी दिएको छ ।

बङ्गलादेशमा शुक्रवार १ हजार ५१९ जना कोरोना भाइरस मुक्त भएकासहित हालसम्म ३ लाख ४६ हजार ३८७ जना कोरोना भाइरस मुक्त भएका छन् ।

यहाँ गत जुलाई २ का दिनमा हालसम्म उच्च संख्या ४ हजार १९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । यसैगरी गत जुन ३० मा कोरोना भाइरस संक्रमणबाट ६४ जनाको मृत्यु भएको थियो । यो बङ्गलादेशमा कोरोना भाइरस शुरु भएतयाकै मृतकको उच्च संख्या हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?