खुम्स तटमा डुङ्गा पल्टिँदा ७४ जनाको मृत्यु

काठमाडौं । उत्तरी अफ्रिकी देश लिबियामा डुङ्गा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट ४७ जनालाई सुरक्षित उद्दार गरिएको छ ।

यूरोप गईरहेको एक डुङ्गा लिबियाको खुम्स तटमा दुर्घटना भएको हो । डुङ्गामा रहेका सबै डुबेका बताइएको छ ।

डुङ्गामा महिला र बच्चासहित १२० जना सवार थिए । ति मध्ये ४७ जनालाई सकुसल उद्दार गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?