काठमाडौं । पश्चिमोत्तर इंग्ल्याण्डको एक अस्पतालमा एक नर्समाथि गम्भीर आरोप लागेको छ । उनीमाथि आठ बच्चाको हत्या गरेको आरोप लागेको छ ।
साथै अन्य १० जनालाई मार्ने कोशिष गरेको भन्दै केस दर्ता भएको छ । उनलाई बिहीवार गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।
लूसी लेट्बी (३०) ले भिडियो लिंकको माध्यमबाट वारिंगटन मजिस्ट्रेटको कोर्टमा १० मिनेटको संक्षिप्त सुनुवाईपछि हिरासतमा लिइएको हो ।
लेट्बीले लिभरपुलको दक्षिणमा स्थित काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको हत्या गरेको आरोप छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया