अमेरिकामा कोरोना बिस्फोट : बन्यो हालसम्मकै नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ९९ हजार २६७ जनाको मृत्यु भएको छ भने ५ करोड ३० लाख ८५ हजार ७६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ७२ लाख १० हजार १६० जना संक्रमण मुक्त भएका छन् भने ९५ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच विश्वमा बिहीवार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । हिजो मात्रै विश्वमा ६ लाख ४३ हजार ४३ जना संक्रमित थपिएका छन् भने ९ हजार ६६९ जनाको मृत्यु भएको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख ४८ हजार ५८५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख ७३ हजार ९३६ जनालाई संक्रमण भएको छ भने ६७ लाख २८ हजार १२० जना संक्रमण मुक्त भएका छन् भने ३८ लाख ९७ हजार २३१ जना उपचाररत छन् । त्यस्तै १९ हजार २६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा अहिलेसम्म १९ हजार ७३० जनाको मृत्यु भएको छ भने १० लाख ६५ हजार ४३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १८ हजार १४२ जनाको मृत्यु भएको छ भने १० लाख ७ हजार ५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १७ हजार ३७८ जनाको मृत्यु भएको छ भने ८ लाख ६३ हजार ६१९ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बिहीवार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बिहीवार अमेरिकामा १ लाख ६१ हजार ५४१ जनालाई संक्रमण भएको छ भने १ हजार १९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?