काठमाडौं । अमेरिकामा जो बाइडेनले अहिले निर्वाचित राष्ट्रपतिको रुपमा देशलाई सम्बोधन गरिसकेका छन् । तर सत्ता हस्तान्तरण प्रक्रिया भने केहि लम्बिने देखिएको छ ।
चुनावमा पराजित भएका ट्रम्पले अहिलेसम्म ह्वाइट हाउस छोडिसकेका छैनन् । तर केहि घटनाक्रम यसरी शुरु भएको छ, जसबाट अमेरिकाको पूर्व सुरक्षा अधिकारीहरुमाथि डर पैदा भएको छ । उनीहरुलाई ह्वाइट हाउस छोडेपछि राष्ट्रपति ट्रम्पले गोपनीय सुरक्षा सूचना सार्वजनिक गर्ने त होइनन् ? भन्ने चिन्ता बढेको छ ।
ट्रम्पले ब्यापारमा फाइदाका लागि गोप्य सूचना बेच्न सक्ने पूर्व सुरक्षा अधिकारीहरुले अनुमान लगाएका छन् । ट्रम्पसँग विभिन्न राष्ट्रपतिका गोप्य सूचनाहरु छन् ।
यसमा परमाणु हतियारदेखि जासूसी सूचनासमेत छन् । साथै अन्यदेशहरु र अमेरिकासँग जोडिएका विभिन्न जानकारी छन् ।
पूर्व सुरक्षा अधिकारीले ट्रम्प यस्ता सूचनामा गैर जिम्मेवार रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया