काठमाडौं । अमेरिकामा कोरोना संक्रमण तीव्र गतिले बढ्दै गईरहेको छ । बुधवार त एकैदिनमा सबैभन्दा धेरै संक्रमित थपिएको रेकर्ड बनेको छ ।
अमेरिकामा बुधवार १ हजार ४७९ जनाको मृत्यु भएको छ भने १ लाख ४२ हजार ९०६ जना संक्रमित थपिएका छन् ।
अमेरिकामा १० दिनमा १० लाख भन्दा धेरै केस थपिएका छन् । १० दिनमा अमेरिकामा ११ लाख २९ हजार ४६३ नयाँ केस फेला परेका हुन् ।
यसैबीच अमेरिकाको न्यूयोर्कमा प्रतिबन्ध लागू गरिएको छ । त्यहाँका गभर्नर एण्ड्रू कूमोले राज्यमा नयाँ प्रतिबन्ध लगाइएको बताएका छन् ।
यसरी प्रतिबन्ध नलगाई संक्रमण क मगर्न नसकिने उनले बताएका छन् । अब न्यूयोर्कमा प्राइभेट पार्टी नहुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया