डेस्पासिटोलाई पछाडि पार्दै ‘बेबी शार्क डान्स’ ले पायो सर्वाधिक भ्यूज

काठमाडौं । युट्युबमा भिडियो कत्तिको हेर्नुहुन्छ ? पछिल्लो समय मोबाइलमा घण्टौँ सम्म हामी विभिन्न भिडियो र क्लीप्सहरु हेर्दै समय बिताउँछौँ । तर के तपाईं थाहा छ युट्युबमा सबै भन्दा धेरै भ्यूज कुन भिडियोमा छ भनेर ? लोकपथले तयार पारेको यो रिपोर्टमा सबैभन्दा धेरै भ्यूज भएको भिडियो, समय, लाईक, डिस्लाईक र यसका विषयमा अन्य जानकारी दिँदैछौँ ।

कोरियाली शिक्षा ब्रान्ड पिंकफोंगले सन् २०१७ जुन १६ मा पिंकफोंग किड्स नामको च्यानलबाट अपलोड गरेको बेबी शार्क डान्स नामक भिडियो २ मिनेट १६ सेकेन्डको छ । बाल बालीकाहरुलाई लक्षित गरी बनाईएको यो भिडियो सबैभन्दा धेरै भ्यूज भएको भिडियो बनेको छ ।

बेबी शार्क डान्सले पिंकफोंग किड्स च्यानलबाट अपलोड गरिएको र सर्वाधिक रुचाईएको लुइस फोन्सीको डेस्पासिटोलाई पछाडि पार्दै आफू सर्वाधिक हेरिएको भिडियो बनेको हो ।

हाल बेबी शार्क डान्सको युट्युबमा ७.१ बिलियन भ्यूज रहेको छ । त्यस्तै दोस्रो नम्बरमा लुइस फोन्सीको डेस्पासिटो रहेको छ जसले ७ बिलियन भ्यूज पाएको छ । त्यस्तै तेस्रो नम्बरमा इड सेरनको सेप अफ यू रहेको छ ।

हेर्नुहोस् भिडियो : 

 

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

युट्युबमा यस्तो अचम्मको भिडियो, जसमा लाईक र डिस्लाईक बराबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?