युट्युबमा यस्तो अचम्मको भिडियो, जसमा लाईक र डिस्लाईक बराबर

काठमाडौं । युट्युबमा भिडियो त खुब हेर्नुहुन्छ होला लाइक र कमेन्ट गर्न पनि पक्कै छुटाउनुहुन्न होला ।

लाईक र कमेन्टसँगै त्यहाँ डिस्लाइक बटम पनि हुन्छ जुन हामी विरलै प्रयोग गर्छौं । बरु कुनै भिडियो मनपरेन भने त्यसलाई ‘इग्नोर’ गरिदिन्छौं । तर, संसारमा यस्ता व्यक्ति पनि छन् जो मनपरेको भिडियोमा बरु लाइक नगर्लान् तर, आफूलाई मन नपरेको भिडियोमा खुलेरै डिस्लाइक गर्छन् । नपत्याए जस्टिन बिबरको गीत ‘बेबी’लाई नै हेर्नुहोस् न ।

संसारकै सबैभन्दा  नरुचाइएको भिडियो अर्थात् सबै भन्दा बढी डिस्लाइक गरिएको भिडियो जस्टिन बिबरको ‘बेबी’बोलको गीत हो ।  उक्त गीतमा १ करोड १० लाख लाइक छ भने १ करोड डिस्लाइक छ । भिडियोलाई अहिलेसम्म २ अर्बभन्दा बढीले हेरेका छन् ।

त्यस ताका सबैभन्दा बढी भिउज भएर रेकर्डसमेत कायम गरेको यस गीतको जति प्रशंसा भएको छ उतिकै आलोचना पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?