कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारले भने विद्यालय खुलाउने गृहकार्य थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन र वैकल्पिक कक्षालाई सँगसँगै अगाडि बढाउने तयारी थालेको हो ।
कोरोनाकै कारण कतिपय प्रशासन कार्यालय र स्थानीय तहका नियमित सेवासमेत बन्द गरेको सरकारले कलिला बालबालिकालाई भने संक्रमणको उच्च जोखिममा पार्ने गरी विद्यालय खुलाउन खोजेको हो । संक्रमण देखिएकै कारण सरकारले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयमा आकस्मिक बाहेकका अन्य सेवाहरू कात्तिक २ यता खुलाउन सकेको छैन । यातायात, मालपोत, नापीजस्ता सेवा दिने थुप्रै कार्यालय पनि बन्द छन् ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया